Sunday, February 20, 2011

ब्रायनसँगै झुम्यो काठमाडौं

काठमाडौ, फाल्गुन ७ -
'नेपाल ! मेरो नाम ब्रायन हो' भन्दै स्टेजमा उत्रेका विख्यात क्यानडेली गायक ब्रायन एडम्सले शनिबार साँझ दशरथ रंगशालामा झन्डै २० हजार दर्शकलाई 'लेट्स मेक अ नाइट टु रिमेम्बर' -यो रातलाई स्मरणीय बनाऔं) सहित डेढ दर्जन बढी गीतमार्फत अविस्मरणीय मनोरन्जन दिलाए । उनको ऐतिहासिक प्रस्तुतिले काठमाडौं निकैबेर झुमिरह्यो । सर्वाधिक सफल अंग्रेजी गायकले नेपालमा आएर बृहत् सांगीतिक प्रस्तुति दिएको यो पहिलो हो । आफ्नो काठमाडौं आगमनलाई 'नेपाली समाज बाँकी विश्वसँग खुलिरहेको' टिप्पणी गर्ने गायकले भने, 'संसार आपसमा खुलिरहेको छ । आशा छ, तपाईंहरूले पश्चिमा गीतहरू अझ बढी सुन्न पाउनुहुनेछ ।'

Powered by Blogger.
Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Powered by Blogger